°
, June 7, 2023 in

लिड्सको पोस्टमा लिभरपुलको गोलको वर्षा, सिटीसँगको दुरी ३ अंमा झर्‍यो

SHARE:

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। फरवार्डद्वय मोहम्मद सलाह र साडियो माने चम्कँदा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० ले पराजित गरेको हो।

घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलका लागि सलाह र मानेले समान दुई गोल गर्दा जोएल मटिप र भर्जिल भान डाइकले एक÷एक गोल गरे।

खेलको १५औं मिनेटमा सलाहको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता बनाएको थियो। ३०औं मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। खेलको ३५औं मिनेटमा सलाहले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रोे गोल गरेपछि लिभरपुल पहिलो हाफमा ३–० ले अघि बढ्यो।

खेलको ८०औं मिनेटमा मानेले जोर्डन हेन्डरसनको पासमा गोल गरेपछि लिभरपुल खेलमा ४–० को स्थितिमा पुग्यो। ९०औं मिनेटमा पुनः मानेले गोल गर्दै लिभरपुललाई फराकिलो जिततर्फ अग्रसर गराए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुलको फराकिलो जित पक्का गरे।

जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ।

दोस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबनट ६० अंक पुगेको छ। समान खेलबाटै सिटीको ६३ अंक छ। पराजित लिड्स २५ खेलबाट २३ अंक जोडेर १५औं स्थानमा रहेको छ।

यस्तै, अन्य खेलमा टोटनहम बर्नलीसँग १–०ले पराजित भयो । बर्नलीका लागि बेन मिले ७१औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस्तै, अर्को खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डमाथि ४–१को जित निकाल्यो।

SHARE: