लिभरपुल शीर्ष स्थानमा, हडर्सफिल्ड ३–० ले पराजित

हडर्सफिल्ड टाउनलाई पारजित गर्दै उपाधि दौडमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदान एन्डफिल्डमा भएको खेलमा लिभरपुलले हडर्सफिल्डलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

हडर्सफिल्डविरुद्धको जितसँगै लिभरपुल डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । ३६ खेल खेलेको लिभरपुलको ९१ अंक छ भने एक खेल कम खेलेको सिटीको ८९ अंक छ ।

लिभरपुलले प्रिमियर लिगमा जोडेको यो दोस्रो धेरै अंक हो । यसअघि लिभरपुलले सन् १९७८–७९ को सेसनमा ९८ अंक जोडेको थियो । त्यतिखेर ४२ खेलको सिजन हुन्थ्यो ।

हडर्सफिल्डविरुद्धको जितसँगै लिभरपुलले सबैखाले प्रतियोगितमा गरी लगातार १० खेलमा जित निकाल्यो । सन् २००६ मा लिभरपुलले लगातार ११ खेलमा जित निकालेको थियो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र मोहम्मद सलाहले २–२ गोल गरे भने नेबी केइटाले १ गोल गरे । लिभरपुलले पहिलो हाफा ३ तथा दोस्रो हाफमा २ गोल गरेको थियो ।

खेलको पहिलो मिनेटमै लिभरपुलले अग्रता लियो । महोम्मद सलाहको पासमा केइटाले लिभरपुललाई अग्रत दिलाएका थिए । २३औं मिनेटमा महोम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले ३–० को अग्रता कायम ग¥यो ।

६६औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए । ८३औं मिनेटमा माने गोल गरेपछि खेल लिभरपुलले ५–० ले जित्यो ।

खेलमा लिभरपुलले ७१ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले हडर्सफिल्डको पोस्टमा २१ सट प्रहार गरेको थियो, जसमध्ये ७ सट फ्रेममा थियो । हडर्सफिल्डले भने ५ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो ।