°
, June 1, 2023 in

ब्राइटनसँग लिभरपल स्तब्ध

SHARE:

इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजित भएको छ। जारी सिजन खराब लयबाट ग्रुजिरहेको लिभरपुल शनिबार राति भएको खेलमा ब्राइटनसँग ३–०ले पराजित भयो

ब्राइटनको मैदानमा भएको खेलमा उसको जितमा सोली मार्स २ गोल गरे भने ड्यानी वेलब्याकले १ गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

४६औं मिनेटमा मार्सको गोलमा ब्राइटनले अग्रता लियो । ५३औं मार्सले नै ब्राइटनको अग्रता दोब्ब बनाए। त्यसपछि ८१औं मिनेटमा वेलब्याकले गोल गरेपछि ब्राइटनले लिभरपुलमाथि ३–०को सानदार जित निकाल्यो ।

यो जितपछि ब्राइटन तालिकाको सातौं स्थानमा उक्लिएको छ। १८ खेलबाट उसले ९ जितसहित ३० अंक भएको छ। यता खराब लयमा रहेको लिभरपुलको समान खेलबाट २८ अंकसहित नवौ स्थानमा छ।  

गएराति नै भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ले हराउँदा ब्रेन्फोर्डले बोर्नेमाउथलाई २–०, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० र वुल्भ्सले वेस्टह्याममाथि १–०को जित निकाल्यो।

SHARE: