ब्राइटनसँग लिभरपुल स्तब्ध

Read Time:2 Minute

डिफेन्डिङ च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग १–० ले स्तब्ध बनेको हो।

घरेलु मैदानमा ब्राइटनसँग लिभरपुलले महत्वपूर्ण तीन अंक गुमाएको हो। ब्राइटनको जितमा स्टेभन अल्जाटले गोल गरे। ६४ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखेपनि लिभरपुलल खेल जित्न सकेन। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल खाँदै हारेको हो।

खेलको ५६ औं मिनेटमा स्टेभन अल्जाटले गोल गर्दै लिभरपुलविरुद्ध ब्राइटनलाई १–० को जित दिलाए। त्यस्तै, लेस्टर सिटीले फुलहामलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा भने वेष्ट हामले एस्टन भिल्लालाई ३–१ गोलअन्तरले पराजित गरेको छ।

हारसँगै लिभरपुल चौथो स्थानमा झरेको छ। लिभरपुलको २२ खेलबाट ४० अंक छ। लिभरपुललाई हराएको ब्राइटनको २२ खेलबाट २४ अंक भएको छ।

त्यस्तै, प्रिमियर लिगमै भएको अर्को खेलमा एभर्टनले लिड्स युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको छ। एभर्टनका लागि खेलको नवौं मिनेटमा गिल्फी सिगुर्डसनले गोल गर्दै १–० को अग्रता दिलाए।

डोमिनिक काल्र्भट लेविनले खेलको ४१ औं मिनेटमा गोल गर्दा एभर्टनले पहिलो हाफसम्म २–० को अग्रता बनाएको थियो। खेलको ४८ औं मिनेटमा रफिन्हाले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा पुर्‍याए पनि हारबाट जोगाउन सकेनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुनरागमन जितसहित बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
Next post ओमान र अमेरिकासँगको सिरिजको प्रारम्भिक टिमको घोषणा, ६ वर्षपछि पृथुको पुनरागमन
Close