क्लब विश्वकपमा लिभरपुललाई फ्लेमेङ्गोको चुनौति

कतारमा जारी क्लब विश्वकप फुटबलको उपाधिका लागि युरोपियन च्याम्पियन इंग्लिस क्लब लिभरपुल र दक्षिण अरिमेरिकी च्याम्पियन ब्राजिलियन क्लब फ्लेमेङ्गो भिड्ने भएका छन् । फाइलन दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालमा शनिबार राति ११ः१५ मा हुने छ ।

लिभरपुलले सेमिफाइलनमा मेक्सिकन क्लब मोन्टेरेरीलाई २–१ले पराजित गर्दै फाइलनमा स्थान बनाएको थियो भने फ्लेमेङ्गोले साउदी अरेबियाको क्लब अल हिलाललाई ३–१ले हराउँदै लिभपुलसँगको भेट पक्का गरेको थियो ।

लिभरपुल युईएफए च्याम्पियन्स लिग विजेताका रुपमा क्लब विश्वकपमा पुगेको हो भने फ्लेमेङ्गोले कोपा लिबेर्टाडोरेसको विजेताका रुपमा क्लब विश्वकप खेलेको हो ।