°
, June 7, 2023 in

लिड्समाथि लिभरपुलको सानदार जित

SHARE:

प्रिमियर लिगमा सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले सानदार जित निकालेको छ। लिभरपुलेले लिड्स युनाइटेडलाई उसकै मैदानमा ६–१ ले हरायो।

लिभरपुललाई जिताउन मोहम्मद सलाहा र डिएगो जोटाले समान २ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले पनि गोल गरे। लिड्सका सिनिस्टेराले गोल गरेका थिए।

३५औं मिनेटमा गाक्पोको गोलमा लिभरपुलले अग्रता लियो । ३९औं मिनेटमा सालाहले गोल लिभरपुलको अग्रता दोब्बर बनाए। पहिलो २–०मै सकियो।

दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि लिभरपुलले एकपक्षीय रुपमा लगातार चार गोल ग¥यो ।

जोटाले ५२औं मिनेटमा गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। यस्तै जोटाले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

पछिल्लो पाँच लिग खेलमा लिभरपुलको यो पहिलो जित हो । जितपछि लिभरपुलको ३० खेलबाट ४७ अंक भएको छ र शीर्ष चारको सम्भावना बाँकी नै राखेको छ । लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ।

SHARE: