रोकियो लिभरपुल

डिएगो लोरेन्टले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिभरपुलको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।

खेलको ३१ मिनेटमा लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लिएको थियो। मानेलाई गोल गर्न एलेकजेन्डर अर्नोल्डले पास उपलब्ध गराएका थिए। खेल सकिन तीन मिनेट बाँकी छदा लिड्सले बराबरी गोल फर्कायो। लिड्सका लगि लोरेन्टेले ह्यारिसनको पासमा गोल गरे।

बराबरीसँगै लिभरपुलको शीर्ष चारमा पर्ने सम्भावना कठिन बन्दै गएको छ। अंक तालिकामा लिभरपुल ३२ खेलबाट ५३ अंक जोडेर छैटौं स्थानमा छ।

एक खेल कम खेलेको पाँचौ स्थानको चेल्सीको ५४ अंक छ भने चौथो स्थानको वेस्ट ह्यामको ५५ अंक छ। लिड्स भने ४६ अंक जोडेर दशौं स्थानमा छ।

एलान रोडमा भएको खेलका क्रममा लिड्सका समर्थकले हालै प्रस्तावित युरोपेली सुपर लिगको विरोध गरेका थिए । त्यस प्रतियोगितामा लिभरपुलसँगै इंग्लिस प्रिमियर लिगका छ क्लबले खेल्ने जनाइसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.