क्रुनाल पाण्ड्याले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि आईपिएलमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। शुक्रबार राति भएको लो स्कोरिङ म्याचमा लखनउले सनराइजर्स हैदरजादलाई ५ विकेटले हरायो।
आईपिएलमा लखनउको यो तीन खेल दोस्रो जित हो भने हैदरावदाको लागतार दोस्रो हार हो ।
पहिला ब्याटिङ गर्दैै हैदरवादले दिएको १२२ रनको लक्ष्य लखनाउले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टयो। उसका लािग कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाउँदा क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए ।
हैदरवादका आदिल रशिदले दुई तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्र बनाउन सकेको थियो। उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाउँदा अनमोलप्रित सिंहले ३१ रन बनाए।
युस्तै, अब्दुल सामदले १० बलमा अविजित २१ रन बनाए भने वासिङ्टन सुन्दरले १६ रन जोडे ।
बलिङमा लखनउका क्रुनलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, भेट्रान स्पिनर अमित मिश्राले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । रवि विश्नोई र यस ठाकुरले पनि १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आज २ खेल हुनेछ। पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।