बार्सिलोनाका उरुग्वेयन स्ट्राइकर लुइस सुआरेज अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्। नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले सुआरेज आफ्नो योजनामा नरहेको बताएपछि बार्सिलोनाले सुआरेजसँगको सम्झौता रद्द गरेको थियो ।
त्यसैले उनी फ्रिट्रान्सफरमा एट्लेटिको मड्रिडमा आबद्ध भएका हुन् । एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका सुआरेजले वार्षिक ६ मिलियन युरो पाउने छन् ।
सुरुमा बार्सिलोनाले सुआरेजलाई एट्लेटिकोमा जान नदिने बताएको थियो । तर, बुधबार मात्र बार्सिलोनाले सुआरेजलाई एट्लेटिको स्थानान्तरणका लागि अनुमति थियो।
सुआरेज सुरुमा इटालियन क्लब युभेन्ट्समा जाने चाहेका थिए । तर, इटालीको नागरिकता लिने प्रक्रिया ढिलाई भएपछि सुआरेजको युभेन्ट्स स्थानान्तरण रोकिएको थियो ।
सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरे। उनी बार्सिलोना इतिहासकै सबैभन्दा उत्कृष्ट सेन्टर स्ट्राइकर हुन् । उनी बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।
बार्सिालेनामा सुआरेजले च्याम्पियन्स लिगसहित तीन ला लिगा, तीन कोपा डेल रेको उपाधि जितेका छन् भने दुई स्पेनिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेका छन् ।