°
, June 7, 2023 in

सुआरेज ब्राजिलियन क्लब ग्रेमिओमा आबद्ध, बने सर्वाधिक कमाउने खलाडी

SHARE:

उरुग्वेका भेट्रान स्ट्राइकर लुइस सुआरेज ब्राजिलियन क्लब ग्रेमिओमा आबद्ध भएका छन्। ३५ वर्षीय स्ट्राइकर सुआरेजले ग्रेमिओसँग २ वर्षको सम्झौता गरेका छन्।

उनी फ्रि ट्रान्सफरमा ग्रेमिओमा आबद्ध भएका हुन्। सिरिजनको सुरुआतम स्पेनिस क्लब एट्लेटिको मड्रिड छाडेपछि सुआरेजले ६ महिना घरेलु क्लब नासिओनलबाट खेलेका थिए।

ग्रेमिओसँगको अनुबन्धनसँगै सुआरेज ब्राजिलमा खेल्ने सर्वाधिक कमाउने खेलाडी बनेका छन् । उनको तबल भने खुलाइएको छैन।

ग्रेमिओ यसैसिजन सिरिए बीबाट ए मा बढुवा भएको हो। युरोपियन फुबटलमा राम्रो प्रदर्शन गरेका सुआरेजले ग्रेमिओमा पनि सोही लय समात्ने विश्वास गरिएको छ।

सुआरेजले इंग्लिस क्लब लिभरपु, स्पेनिस क्लब बार्सिालेना र एट्लेटिको मड्रिडबाट खेलेका छन्।

SHARE: