एक सताअघि मात्र बार्सिलोना छाड्दै एट्लेटिको मड्रिडमा आबद्ध भएका लुइस सुआरेजले डेब्यू खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । आइतबार राति भएको खेलमा दोस्रो हाफमा डिएगो कोस्टाको स्थानमा मैदानमा छिरेका सुआरेजले २ गोल १ अस्सिट गरे ।
सुआरेजले उत्कृष्ट प्रदर्शन गरेपछि ग्रानडालाई ६–१ले पराजित गर्दै एट्लेटिकोले ला लिगामा शानदार सुरुवात गरेको छ । रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षक बनेलगत्तै आफ्नो योजनामा सुआरेज नरहेको बताएपछि उनले बार्सिलोना छाडेका थिए ।
एट्लेटिकोलाई सानदरा जित दिलाउने क्रममा सुआरेजका अलावा डिएगो कोस्टा, एंगल कोरेया, जोआ फेलिक्स र मार्कस लोरन्टोले गोल गरे । ग्रानडाका जोर्गे भिडालले गोल गरे ।
घरेलु मैदानमा नवौं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १६औं मिनेटमा सउल निगुएजले पेनाल्टीमा गोल गर्न नसक्दा एट्लेटिकोले अग्रता दोब्बर बनाउने अवसर गुमायो । उनको प्रहार ग्रानडाका गोलकिपर रुइ सिल्भाले बचाए ।
पहिलो हाफ १–०मै सकिएको खेलमा दोस्रो हाफमा एट्लेटिकोले ५ र ग्रानडाले १ गोल गरेको थियो । ६५ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । त्यसपछि ७२औं मिनेटमा मार्कुस लोरेन्ट, ८५औं मिनेटमा सुअरोजले गोल गर्दै एट्लेटिकोलाई ५–०को अग्रता दिलाए । ८७औं मिनेटमा भिडालले गोल गर्दै अग्रता कम गर्ने प्रयास गरे । तर, इन्जुरी समयको तेस्रो मिनेटमा सुआरेजले गोल गरेपछि एट्लेटिको ६–१ ले विजयी भयो ।