ब्राजिलमा सुआरेजको भव्य स्वागत

Read Time:1 Minute

उरुग्वेका भेट्रान स्ट्राइकर लुइस सुआरेजलाई ब्राजिलयमा भव्य स्वागत गरिएको छ। व्यवसायिक फुटबल खेल्न ब्राजिल पुगेका सुआरेजलाई बिहीबार भव्य स्वागत गरिएको हो।

३५ वर्षीय स्ट्राइकर सुआरेजले गत सातामात्र ब्राजिलियन क्लब ग्रेमिओसँग ३ वर्षको सम्झौता गरेका थिए। उनी फ्रि ट्रान्सफरमा ग्रोमिओमा आबद्ध भएका हुन्।

बिहीबार सुआरेजलाई स्वागत गर्न ग्रेमिओको रंगशालामा भरिभराउ दर्शकको उपस्थिति थियो । ग्रेमिओ एरिनामा ३० हजारभन्दा बढी दर्शक उपस्थित भएको जनाएको छ।

सिजनको सुरुआतमा स्पेनिस क्लब एट्लेटिको मड्रिड छाडेपछि सुआरेजले ६ महिना घरेलु क्लब नासिओनलबाट खेलेका थिए।

ग्रेमिओ यसैसिजन सिरिए बीबाट ए मा बढुवा भएको हो। युरोपियन फुबटलमा राम्रो प्रदर्शन गरेका सुआरेजले ग्रेमिओमा पनि सोही लय समात्ने विश्वास गरिएको छ।

सुआरेजले इंग्लिस क्लब लिभरपुल, स्पेनिस क्लब बार्सिालेना र एट्लेटिको मड्रिडबाट खेलेका छन्।

Happy
Happy
73 %
Sad
Sad
2 %
Excited
Excited
11 %
Sleepy
Sleepy
3 %
Angry
Angry
3 %
Surprise
Surprise
9 %
Previous post बार्सिलाेनामा अल्भेसविरुद्ध यौन दुर्व्यवहारको उजुरी
Next post सन्दीपको मुद्दमा ढिलाई, बिहीबार हुन सकेन सुनुवाई
Close