°
, June 1, 2023 in

सल्कविकले अन्तिम बलमा छक्का हानेपछि लुम्बिनीको लगातार तेस्रो जित

SHARE:

दक्षिण अफ्रिकन क्रिकेटर साड्ली भान सल्कविकले अन्तिम बलमा छक्का प्रहार गरेपछि नेपाल टि–२० लिगमा लुम्बिनी अल स्टार विजयी भएको छ। अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा सल्कविकले प्रतिश जिसीको बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।

योसँग्र लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो । प्रतियोगितामा लुम्बिनीको यो लागतार तेस्रो जित हो । यसअघि उसले फार वेस्ट युनाइटेडले ६७ रन र विराटनगर सुपर किंग्सलाई ३ विकेटले हराएको थियो। यता, पोखराको भने यो लागतार तेस्रो हार हो। यसअघि दुई खेलमा पोखरा काठमाडौैं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग ५ विकेटले पराजित भएको थियो।

लो स्कोरिकङ म्याच रोमाञ्चक बन्यो । पहिला ब्याटिङ गर्दै पोखरा दिएको १३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाउँदै भेट्टायो। उसका लािग कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा विस्फोटक इनिङ खेलेका सल्कविकले ११ बलमा ४ छक्का प्रहार गर्दै ३१ रन बनाए।

यस्तै, ओपनर उन्मुक्त चन्दले २२, अनिल साहले १९ र गुल्सन झाले १० रन बनाए। पोखराका कुलश मल्ल र विपिन खत्रीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले निर्धातिर ओभरमा ९ विकेट गुमाउँदै १३३ रन मात्र बनायो । उसका कुशल मल्ल र उपुल थरंगाले उत्कृष्ट ब्याटिङ गरे पनि अन्यले दोहोरो अंकमा स्कोर बनाउन नसक्दा उसले ठूलो लक्ष्य दिन सकेन।

लामो समयपछि लयमा देखिका कशुलले विस्फोटक ब्याटिङ गरे । उनले ३१ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए । यस्तै, थरंगाले ५१ बलमा ४२ रन बनाए।

पोखरालाई सस्तैमा रोक्ने क्रममा लुम्बिनीका सल्कविकले ३ तथा किशोर महतो र गुल्सन झाले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्स भिड्ने छन्। काठमाडौंले २ खेलमा १ जित निकालेको छ भने जनकपुरले दुवै खेल जितेको छ।

SHARE: