डच स्ट्राइकर लुक डी योङले युरोकप गुमाउने

नेदरल्यान्ड्सका स्ट्राइकर लुड डी योङले युरोकपका बाँकी खेल गुमाउने भएका छन्। अभ्यासका क्रममा घुँडामा चोट लाडेपछि सेभियाका स्ट्राइकर डी योङले युरोकपमा बाँकी खेल गुमाउने भएका हुन्।

अभ्यासका क्रममा डि योङ मंगलबार घाइते भएका थिए । डच टिमका लागि ३८ खेल खेलेका उनी जारी युरोकपमा समूह चरणमा कुनै पनि खेलमा सुरुआती ११मा पर्न सकेनन् । उनी लिगका पछिल्ला २ खेलमा सब्स्टिच्युटका रूपमा मैदान छिरेका थिए ।

नेदरल्यान्ड्स लिग चरणका सबै खेलमा भने विजयी छ । समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । उसले अन्तिम १६मा नेदरल्यान्ड्सले चेक रिपब्लिकको सामाना गर्ने छ।