सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र क्लब विजयी भएको छ। बुधबार भएको दोस्रो खेलमा मछिन्द्रले जावलाखेल युथ क्बलमाथि २-०को जित निकाल्यो।
जवलाखेलको जितमा रञ्जित धिमालले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।
१४औं मिनेटमा आत्मघाती गोलमार्फत मछिन्द्रले अग्रता लियो । जाउलाखेलका सिमान्त थापाले आफ्नै पोष्टमा गोल गरेका थिए। २६औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने केही अवसर खेर फाल्दा खेल मछिन्द्रल २-०ले जित्यो ।
दोस्रो जित हात पारेको मछिन्द्र अपराजित रहँदै ७ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । यता, जावलाखेल भने तीन खेलमा पराजित भएको छ। उसले कुनै गोल पनि गर्न सकेको छैन।