°
, June 2, 2023 in

सुजलको गोलमा थ्री स्टारमाथि मछिन्द्रको जित

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब विजयी भएको छ। शनिबार भएको खेलमा कप्तान सुजल श्रेष्ठले निर्णायक गो्ल गरेपछि मछिन्द्रले थी स्टार क्लबमाथि १–०को जित निकाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन कप्तान सुजलले इन्जुरी समयको गोल गरे । बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयमा प्राप्त पेनालटीमा सुजल गोल गरेका थिए।

थ्री स्टारका डिफेन्डर जीवन गुरुङले अभिषेक गुरुङलाई फाउल गरेपछि मछिन्द्रले पेनाल्टी पायो भने जीवनले रातोकार्ड पाए । सुरुमा पहेँलो कार्ड पाएका जीवनले रेफ्रिसँग विवाद गरेपछि पछि रातोकार्ड पाए ।

यो १–०को जितसँगै मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले नयाँ कीर्तिमान बनाए । घरेलु फुटबलमा सर्वाधिक सफल गोलकिपर बनेका विशालले लिगमा सर्वाधिक लामो समय गोल नखाने कीर्तिमान बनाए। उनले लिगमा १ हजार २६ मिनेट गोल खाएका छैन । यो सिजन विशालले लागतार ११ खेलमा क्लिनसिट राखेका छन् । लिगमा एक सयौं खेल खेलका विशालले ५० खेलमा क्लिनसिट राखेका छन्।

यस्तै, मछिन्द्रले पनि आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पु¥याएको छ। यो क्लबको इतिहासमै उत्कृष्ट प्रदर्शन पनि हो।

थ्री स्टारविरुद्ध खेलअघि नै मछिन्द्रले लिग भने जितिसकेको थियो । मछिन्द्रले १२ खेलमा ३२ अंक जोडेको छ भने लिगमा दोस्रो हार बेहोरेको थ्री स्टार १८ अंकसहित चौथो स्थानमा छ।

SHARE: