ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब सर्लाहीमा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकपको फाइनलमा पुगेको छ। शुक्रबार दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११ लाई ३–१ ले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
मछिन्द्रको जितमा विशाल राई, विमल घर्तिमगर र नुर्लान नुभ्रोजोभले गोल गरे भने सुदुरपश्चिमका दिपेन्कराज ठकुरीले एक गोल फर्काए ।
अब फाइनलमा मछिन्द्रले मकवानपुरको पिप्ले युवा क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।