सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले बत्तिसपुतलीस्थत पिस पोइन्ट बोर्डिङ स्कुलमा एकेडेमी चलाउने भएको छ। एकेडेमी सञ्चालनका लागि आइतबार मच्छिन्द्र क्लबले पिस पोइन्ट बोर्डिङसँग सम्झाैता गरेको छ।
मच्छिन्द्रले एकेडेमी सञ्चालनका लागि बोर्डिङसँग ६ वर्षको सम्झौता गरेको छ । एकेडेमी सञ्चालन सम्बन्धी सम्झौता पत्रमा मच्छिन्द्रका अध्यक्ष सुनिल कपाली र पिस पोइन्ट बोर्डिङका प्रिन्सिपल इशु गुरुङले हस्ताक्षर गरे ।
एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरे ।
सम्झौतापछि पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन् । एकेडेमीका खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्नेछ । यस्तै दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुनेछन् । जसमा १४ खेलाडी क्लबको रहनेछन् ।
यसअघि त्रिभुवन आर्मी क्लब, एपीएफ, पुलिस क्लबसहित मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एनआरटी र सातदोबाटो युथ क्लबले एकेडेमी सञ्चालनको लागि सम्झौता गरिसकेको छ ।