°
, June 7, 2023 in

१० गोल भएको खेलमा आफिज एक्लैले गरे ५ गोल, खुमलटारमाथि मछिन्द्रको सानदार जित

SHARE:

सहिद स्मारक ए डिभिजन लिगअन्तर्ग मंगलबार भएको मछिन्द्र क्लब र एफसी खुमलटारबीचको खेलमा १० गोल भयो। जसमा विदेशी खेलाडी ओलावाले आफिजले ह्याट्रिकसहित ५ गोल गरे ।

मंगलबार च्यासल मैदानमा भएको खेलमा आफिज चम्किएपछि मछिन्द्रले नवप्रवेशी क्लब एफसी खुमलटारमाथि ७–३को फराकिलो जित निकाल्यो। खेलमा आफिजको ५सँगै विमगल घर्तिमगर र विजय भुजेलले गोल गरे भने खुमलटारका लागि मेसुके ओलोमोउ २ तथा स्टेफन विनोङले १ गोल गरे।

च्यासल मैदानमा आफिजले २४औ, २८औं र ५५औं गोल गर्दै जारी लिगकै पहिलो ह्याट्रिक गरेका थिए। त्यसपछि उनले ६२औं र ६७औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, विमलले पहिलो हाफको इन्जुरी समय र विजयले ८६औं मिनेटमा गोल गरेका थिए।

खुमलटारका लागि भने ओलोमोउले ६१औं र ८१औं मिनेटमा गोल गर्दा स्टेफेन बिनोङ समिरले ७६औं मिनेटमा गोल गरेका थिए।

लिगमा तेस्रो जित निकलोको मछिन्द्र ८ खेलमा १२ अंकसहित छैठौं स्थानमा उक्लिएको छ। खुमलटारले ८ खेलमा ७ अंक जोडेको छ ।

SHARE: