डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब बराबरीमा रोकिएको छ। सहिद स्मारक ए डिभिजन लिगन्तर्गत शनिबा दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र न्युरोड टिम (एनआरटी)सँग १–१को बराबरीमा रोकिएको हो।
खेलमा सुरुआती अग्रता मछिन्द्रले लियो । उसका ओमालाजा नुरेन करिमले ३९औं मिनोटमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।
६७ औं मिनेटमा एनआरटीले बराबरी गोल फर्कायो। उसका स्टेफन जुनियरले गोल गरेका थिए।
बराबरीसँगै ९ खेलमा १३ अंक मछिन्द्र छैटौं स्थानमा छ भने ७ अंक जोडेको एनआरटी ११ औं स्थानमा छ।