कोपा डेल रेको क्वार्टरफाइनलमा रियल र एट्लेटिको भिड्दै

Read Time:1 Minute

कोपा डेल रे फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलका दुई २ हुँदैछन्। जसमा एउटा क्वार्टरफाइनल मड्रिड डर्बी हुने छ भने अर्कोमा भ्यालेन्सिया र एथ्लेटिको बिल्बाओ भिड्ने छन्।

मड्रिड डर्बी रियलको मैदान सान्टियागो बर्नाबेउमा राति १ः४५ बजे हुनेछ। त्यसअघि १२ः४५ बजे भ्यालेन्सिया र एथ्लेटिको बिल्बाओबीचको खेल हुनेछ।

जारी सिजनको प्रदर्शनका आधारमा मड्रिड डर्बीमा रियल हावी हुने अनुमान गर्न सकिन्छ। तर, यही आधारमा खेलको नतिजा अनुमान गर्नु उचित हुँदैन्। किनभने थुप्रै स्टार खेलाडी रहेको एट्लेटिको जस्तो सुकै टिमलाई हराउने सक्षम छ।

ला लिगामा यो सिजन रियल १३ खेल जित्दै दोस्रो स्थानमा रहँदा ८ खेल मात्र जितेको एट्लेटिको चौथो स्थानमा छ।

मड्रिड डर्बीमा भिनिसियस जुनियर, करिम बेन्जिमा, इडर मिलिटाओ, डेविड अलाबा, थिवो कोर्टुवालगायत खेलाडी महत्वपूर्ण हुने छन् भने एट्लेटिकोका लागि एन्टोइन ग्रिजमन, जान ओब्लाक, रोड्रिगो डे पाउल, कोकेलगायत खेलाडी महत्वपूर्ण हुनेछन्।

यी दुई खेलअघि नै बार्सिालेना र ओसासुना सेमिफाइनलमा पुगिसकेका छन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यानले भन्यो– नेपाल टी–२० लिग त्रुटि भयो, तर हाम्रो नियत गलत थिएन
Next post युवराज लामाकाे अध्यक्षतामा कराते महासंघको तदर्थ समिति गठन
Close