°
, June 4, 2023 in

सिआईबीले भन्यो– महबुबले २ खेलाडीमार्फत स्पट फिक्सिङका प्रयास गरे

SHARE:

पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले नेपाल टि–२० लिगमा २ खेलाडी मार्फत स्पष्ट फिक्सिङको प्रयास गरेको पाइएको छ। फिक्सिङका विषयमा छानविन गर्न गठन गरिएको सिआईबीको समितिले प्रतिवेदन सार्वजनिक गर्दै महबुबले दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको जनाएको छ।

तीन दुई मध्ये एक अदिल आलम हुन् भने अर्को खेलाडी नाम भने खुलाइएको छैन। अदिल फिक्सिङको अरोप सोमबार नै राजविराजबाट पक्राउ परेका छन्।

महबुबकै एप्रोजमा आदिलले प्रतियोगितामा एउटा नो बल र एउटा बाइड बल फालेको सिआबीले जनाएको छ। अदिलले दुई खेलमा नो बल र बाइड फालेको बताइएको छ।

नेपाल टि–२० लिग अदीलले जनकपुर रोयल्सबाट खेलेका थिए भने महबुब कुनैपनि टोलीमा थिएनन्।

SHARE: