°
, June 2, 2023 in

त्रिकोणात्मक सिरिज : पपुवा न्युगिनीमाथि मलेसियाको जित

SHARE:

त्रिकोणात्मक टी–२० सिरिजमा मंगलबार मलेसियाले पपुवा न्यु गिनीलाई ८ रनले हराएको छ । मलेसियाले दिएको १८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यु गिनी १९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रनमा समेटिएको हो ।

पपुवा न्यु गिनीका लागि टोनी उराले सर्वाधिक ५६ रन बनाए । ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरेका हुन् । त्यस्तै नोर्मान भानुआले २५ बलमा २ चौका र ४ छक्काको बलमा ४५ रन बनाए । मलेसियाका लागि शर्भिन मुनिआन्डीले ४ विकेट लिए । त्यस्तै पवनदीप सिंह र मुहम्मद वाफिकले ३-३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान विरनदीप सिंहले सर्वाधिक ५९ रन बनाए । त्यस्तै कप्तान अहमद फैजले ३७ बलमा ५ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

त्यस्तै सय्यद अजिजले २६ बलमा ५ चौका र २ छक्कासहित ४७ रन बनाए । पपुवा न्यु गिनीका लागि नोर्मान भानुआले २ तथा नोसैना पोकनाले १ विकेट लिए ।

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई १५ रनले हराएको थियो । जितसँगै मलेसियाले पनि तालिकामा २ अंक जोडेको छ । यसअघि पीएनजीसँग १५ रनको जित निकालेको नेपालको समान दुई अंक छ । मलेसियाले अब बुधबार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

SHARE: