सिंगापुरमा आजबाट सुरु भएको टि–२० विश्वकपको एसिया छनोटमा मलेसियाले जितबाट छनोट यात्रा सुरुवात गरेको छ । इन्डियन एसोसिएशन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मलेसियालाई कतारलाई ४२ रनले पराजित गरेको हो ।
यसअघि आजै भएको पहिलो खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको थियो । भोलि हुने खेलमा सिंगापुरले कुवेतको सामाना गर्ने छ ।
टस जिेर पहिला ब्याटिङ गर्दैै मलेसियाले दिएको १६३ रनलेका लक्ष्य पछ्याएको कुवेतले १८ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाउन सक्यो । उसका कप्तान मुहमद कासिफले अर्धशतकीय इनिङ खेले पनि टिमको हार टार्न भने सकेनन् । उनले ४६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै उस्मान वाहिदले १६ तथा आदनन इड्रेसले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन नसक्दा कुवेत पराजित हुन बाध्य भयो । मलेसियाका मुहमद स्याहदादले ३, शैद अजिज, पवनदिप सिंह र फित्री शामले समान २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा अलआउट हुँदै १६२ रन बनायो । मलेसियाका लागि शफिक सरिफले ३८ तथा शैद अजिजले ३४ रन र अमिनुद्दीन राम्लीले ३३ रनको योगदान दिए । कुवेतका मोहमद अह्सनले २ विकेट लिए ।