मिड सिजनमै आफ्ना आधा दर्जन बढी खेलाडी घाइते भएपछि इंग्लिस क्लब चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा थुप्रै रकम खर्चिएको छ। उसले यो जनवरीमै ६ खेलाडी अनुबन्धन गरिसकेका छन्।
चेल्सी त्यतिमै रोकिने पक्षमा छैन। जनवरीमै चेल्सी २३८ मिलियन पाउण्ड खर्चिसकेको छ।
प्रशिक्षक ग्राहम पोर्टर नयाँ राइट ब्याकको खोजीमा छ। त्यसैले अहिले उसको नजर फ्रेन्च क्लब लियोनका युवा राइट ब्याक लानो गुस्टोमा छ।
१९ वर्षीय गुस्टोका लागि चेल्सीले ३० मिलियन पाउण्ड प्रस्ताव गरेको छ। लिग वानमा उत्कृष्ट प्रदर्शन गरिरहेका गुस्टोले १७ वर्षकै उमेरमा लियोनको सिनियर टिममा डेब्यू गरेका थिए। उनले लियोनका लागि ५४ खेल खेल्दै ६ असिस्ट गरेका छन्।
चेल्सीले उनलाई भित्र्याउन चासो देखाए पनि लियोन भने गुस्टोलाई अहिल्यै बेच्ने पक्षमा छैन। ऊ आफ्ना युवा खेलाडीलाई लोनमा पठाउन चाहिरहेको छ।