इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमा सिटीले बर्नलीमाथि ३–१को जित निकाल्यो।

सिटीको जितमा जुलियन अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे। यता, बर्नलीका मिन अल दखिलले गोल गरेका थिए।

१६ र २२औं मिनेटमा अल्भारेजले गोल गरेपछि पहिलो हाफमै सिटीले २–०को अग्रता लियो। दोस्रो हाफको पहिलो मिनेटमै रोड्रीले गोल गरेपछि सिटीले ३–०को अग्रता लियो।

७१औं मिनेटमा हालान्ड मैदान प्रवेश गरे। उनी करिब २ महिनापछि मैदान प्रवेश गरेका हुन्। उनी गत डिसेम्बर ७ मा भएको एस्टन भिल्लाविरुद्धको खेलमा घाइते भएका थिए।

इन्ज्युरी समयमा अमिन अल दखिलले गोल गरेपछि खेल ३–१मा सकियो।

सिटी ४६ अंकसहित दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको लिभरपुलको ५१ अंकसहित शीर्ष स्थानमा छ। बर्नली भने १२ अंकसहित १९औं स्थानमा छ।

Back To Top