°
, May 29, 2023 in

म्यान्चेस्टर सिटीको सहज जित, न्युकासलले ब्रेन्टफोर्डलाई हरायो

SHARE:

अर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शन मद्दतमा म्यानचेस्टर सिटी विजयी भएको छ। प्रियिमर लिगअन्तर्गत शनिबार राति भएको खेलमा हालान्डको २ गोल मद्दतमा सिटीले रेलिगेसनको खतरामा रहेको साउथह्यामटनमाथि ४–१को जित निकाल्यो।

सिटीको सिजमा हालान्डसँगै ज्याक ग्रेलिस र जुलियन अल्भारेज गोल गरे भने साउथह्याम्पटनका सेकुउ माराले गोल गरे।

४५औं मिनेटमा केभिन डे ब्रुयनको पासमा गोल गर्दै हालान्डले सिटीले पहिलो हाफमा १–०को अग्रता दिलाए। यो असिस्टसँगै डे ब्रुयन इपिएलमा सर्वाधिक छिटो १ सय असिस्ट गर्ने खेलाडी बनेका छन्।

५८ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता अग्रता दोब्बर बनाए। ६८औं मिनेटमा हालान्डले बाइसाइकल गोल गर्दै सिटीलाई ३–०को अवस्थामा ल्याए। ७२ औं मिनेटमा माराले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्कने संकेत दिलाए। ७५औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीको सहज जित पक्का गराए।

यस्तै, अर्को खेलमा न्युकासलले ब्रेन्टफोर्डमाथि पुनरागमन जित निकालेको छ। उसले १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकाल्यो। न्युकासलको जितमा अलेजान्डर इसाकले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। बे्रन्टफोर्डका इभान टोनीले पेनाल्टीमा गोल गरेका थिए।

यो जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ६ मा छोट्याएको छ। सिटीको २९ खेलबाट ६७ अंक पुगेको छ।
समान खेलबाटै आर्सनलको ७२ अंक भएको छ।

यता, ब्रेन्टफोर्डमाथिको पुनरागमन जितसँगै न्युकासल पुनः तेस्रो स्थानमा फर्किएको छ। उसको २९ खेलमा ५६ अंक भएको छ। ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ।

SHARE: