°
, June 7, 2023 in
0

सिटीलाई शीर्ष स्थानमा ३ अंकको अग्रता, लेस्टर तेस्रो स्थानमा उक्लियो

SHARE:

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लेस्टर सिटी विजयी भएका छन् । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई २–०ले पराजित गर्दा लेस्टर सिटीले फुलह्यामलाई २–०ले नै हरायो ।

बर्नलीविरुद्ध सिटीलाई जित दिलाउन गाब्रियल जेसुस र रहिम स्टर्लिङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै गाब्रियलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। खेलको ३८ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–० को अग्रता दिलाए।

पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि अग्रतालाई कायमै गर्दै जित निकालेको हो। खेल अवधिभर बर्नलीविरुद्ध सिटीले दबाब दिएर खेलेको थियो। बर्नलीको पोष्टमा सिटीले १३ पटक प्रहार गर्दा बर्नलीले दुई पटक मात्रै सिटीको पोष्टमा प्रहार गरेको थियो।

जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । उसको २१ खेलबाट ४७ अंक भएको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर युनाइटेड ४४ अंकका साथ दोस्रा्े स्थानमा छ । २१ खेलबाट २२ अंक जोडेको बर्नली १७औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा लेस्टर सिटीले रेलिगेसन जोनमा रहेको फुलह्यालाई २–०ले नै पराजित गरेको छ । फुलह्यामको मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन केलेची इहेन्चो र जेम्स जस्टिनले गोल गरेका थिए । इहेन्चोले १७औं मिनेटमा गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४औं मिनेटरमा जस्टिनले गोल गरेपछि पहिलो हाफमा लेस्टरले २–०को अग्रता लियो । त्यसपछि खेलमा कुनै गोल नहुँदा लेस्टर २–०ले विजयी भयो ।

जितसँगै लेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ। २२ खेलमा उसको ४२ अंक भएको छ भने १४ अंक जोडेको फुलह्याम १८औं स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *