°
, June 7, 2023 in
0

म्यान्चेस्टर सिटी र लिभरपुल कारबाओ कपको चौथो चरणमा

SHARE:

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुल कारबाओ कपको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा सिटीले बोर्नेमाउथलाई २–१ हरायो भने लिभरपुलले लिंकनलाई ७–२ ले हरायो ।

फिल फोडेनेले खेल सकिन १५ मिनेट अगाडि निर्णायक गोल गरेपछि बोर्नेमाउथलाई २–१ले हराउँदै सिटी चौथो चरणमा प्रवेश गरेको हो । पछिल्ला तीन संस्करणको विजेता सिटीले बोर्नेमाउथविरुद्ध अधिकांक दोस्रो रोजाइका खेलाडी मैदान उतारेका थियो ।

१८औं मिनेटमा लियान डेलापले गर्दै सिटीलाई अग्रता दिलाए । ४ मिनेटपछि नै बोर्नेमाउथले गोल फर्कायो । २२औं मिनेटमा बोर्नेमाउथका साम सुरीडेज गोल गरे । पहिलो हाफ १–१को बराबरीमै सकियो । ७५औं मिनेटमा फोडेनले गोल गरेपछि सिटी विजयी भयो । चौथो चरणमा सिटीले बर्नेलीलको सामना गर्ने छ ।

बिहीबार राति नै भएको अर्को खेलमा लिभरपुल लिन्कनमाथि ७–२को जित निकाल्यो । लिभरपुलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल गरेको थियो उयसका लािग ताकुमी मिनामिनो र कर्टिस जोन्सले २–२ गोल गर्दा जद्रान सकिरी, डिभोक ओरिगी र मार्को ग्रुजिचले समान १ गोल गरे ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *