म्यानचेस्टर सिटी विश्वकै धनी क्लब, रियल दोस्रोमा

Read Time:2 Minute

इंग्लिस क्लब म्यानचेस्टर सिटी कमाईका आधारमा विश्वको सबैभन्दा धनी क्लब बनेको छ। सिटी ७३१ मिलियन युरो आम्दानी गरेको गर्दै शीर्ष स्थानमा छ।

सर्वाधिक धनी क्लबको सूचीमा युरोपियन च्याम्पियन स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा छ। उसका कमाई ७१३.८ मिलियन छ।

यस्तै, तेस्रो स्थानमा लिभरपुल छ । अघिल्लो पटक उ सातौं स्थानमा थियो । यस्तै म्यान्चेस्टर युनाइटेड चौथो, फ्रेन्च क्लब पिएसजी पाँचौं र जर्मन क्लब बायर्न म्युनिख छैठौं स्थानमा छन्।

यस्तै, स्पेनिस क्लब बार्सिलोना सातौं स्थानमा रहँदा चेल्सी, आठौं, टोटनहम नवौं, आर्सनल १०औं स्थानमा छन्। इटालियन क्लब युभेन्टस ११औं, एट्लेटिको मड्रिड १२औं, बोरुसिया डर्टमन्ड १३औं, इन्टर मिलान १४औं र वेस्टह्याम १५औं स्थानमा छन्।

यस्तै, एसी मिलान, लेस्टर सिटी, लिड्स युनायटेड, एभर्टन र न्युकासल पनि टप २० मा छन्।

अन्तर्राष्ट्रिय अडिटिङ एजेन्सी डेलोइटले गरेको विश्लेषणअनुसार विश्वका शीर्ष २० धनी क्लबमध्ये ११ वटा प्रिमियर लिग खेल्ने क्लब छन् । अध्ययनको २६ वर्षको इतिहासमा आधाभन्दा बढी क्लबहरु एउटै लिगबाट परेको यो पहिलोपल्ट हो ।

यस्तै, शीर्ष ३० भित्र प्रियिमर लिगका सबै क्लब परेका छन्।

टप २० मा रहेका क्लबले कुल ९.२ विलियन युरो कमाउन सफल रहे । जुन अघिल्लो वर्ष सन् २०२०–२०२१ को तुलनामा १३ प्रतिशतले बढी हो।

यो बृद्धि कोरोना महामारीपछि पूर्ण रुपमा रंगशाला सन्चान हुँदा सम्भव भएको हो । म्याच डे रेभेन्यु १११ मिलियन युरोबाट बढेर १.४ विलियन युरो पुगेको छ ।

Happy
Happy
14 %
Sad
Sad
0 %
Excited
Excited
29 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
57 %
Previous post क्यानले लियो ५ जनासँग अन्तर्वार्ता, को बन्ला प्रशिक्षक ?
Next post क्यामरुनी क्लब वालिङ गोल्डकपको फाइनलमा
Close