इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटीले चेल्सीमाथि १–०को जित निकाल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६३औं मिनेटमा रियाद महारेजको गोलमा सिटीले अग्रता लियो। उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए।
खेलको पहिलो हाफ चेल्सीले पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । पहिलो हाफको सुरुआतम दुई खेलाडी रहिम स्टर्लिङ र क्रिस्टियन पुलुसिच घाइते हुँदै मैदान छाडे पनि त्यसको प्रभाव चेल्सीले खेलमा पर्न दिए।
तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो । उसले दोस्रो हाफको सुरुआतै दुई परिवर्तन गरेपछि खेल पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो। त्यसपछि उसले चेल्सीको् पोस्टमा निरन्तर आक्रमण गरेको थियो।
यो जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ। सिटीको १७ खेलमा उसले ३९ अंक जोडेको छ भने आर्सनलको ४४ अंक छ।
यता, खराब लयमा रहेको चेल्सीको यो छैठौं हार हो। १७ खेल खेलेको चेल्सीले ७ जित, ४ बराबरी र ६ हारसहित २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ।