पेप ग्वार्डिओलको टिम म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तार दिएको छ । सोही क्रममा सिटीले एभर्टनमाथि सानदार जित निकाल्यो। बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसकै मैदानमा ३–१ले हरायो।
यो जितसँगै सिटीले शीर्ष स्थानमा १०अंकको अग्रता बनाएको छ। सिटीको २४ खेलमा ५६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको समान खेलमा ४६ अ.क छ । एभर्टन २३ खेलमा ३७ अंक जोड्दै सातौं स्थानमा छ।
सिटीलाई सहज जित दिलाउन फिल फोडेन, रियाद महारेज र बर्नार्डो सिल्भाले गोल गरे। एभर्टनका रिचार्लिसनले गोल फर्काएका थिए।
गुडिन्सन पार्कमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा रिचार्लिसनले घरेलु टोली एभर्टनका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१कै बराबरीमा सकियो। ६३औं मिनेटमा रियाद महारेज र ७७औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।
यो जितसँगै सिटीले वर्षको सुरुवातमा लगतार सर्वाधिक जित जित निकाल्ने कीर्तिमान बनाएको छ । सन् २०२१ मा सिटीले प्रियिमर लिगमा लागतार १० जित निकलोको छ। यसअघि सन् १९०६मा बोल्टन वन्डरस तथा सन् २००९मा म्यान्चेस्टर युनाइटेडले लागतार ९ जित निकालेका थिए।