°
, May 29, 2023 in

हालान्ड चम्किँदा सिटीको जित, आर्सनलसँगको दुरी ३ अंमा झार्यो

SHARE:

अर्लिङ हालान्ड चम्किएको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ। हालान्डले २ गोल गरेको खेलमा सिटी रेलिगेसन जोनमा रहेको लेस्टर सिटीमाथि ३–१को जित निकाल्यो।

यो जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी ३ अंकमा झारेको छ। र, उपाधि भीडन्त थप रोमाञ्चक बनेको छ। समान ३० खेलमा आर्सनलको ७३ र सिटीको ७० अंक छ।

अब १० दिनपछि आर्सनल र सिटी आपसमा भिड्ने छन्, यो खेल उपाधि यात्रामा फाइनल रहर हुनेछ।

सिटीको जितमा हालान्डले २ तथा जोन स्टोन्सले १ गोल गरे भने लेस्टरका केलेची इन्हाचोले गोल गरे। सिटीले पहिलो हाफमै ३–०को अग्रता बनाएको थियो।

पाँचौं मिनेटमा स्टोन्सको गोलमा सिटीले सुरुआती अग्रता लियो। हालान्डले १३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। उनले नै २५औं मिनेटमा गोल गरेपछि सिटीले ३–०को अग्रता लियो।

यो दुई गोलसँगै हालान्डले प्रियिमर लिगमा गोल संख्या ३२ पु¥याएका छन्। र, उनी सिजनमा सर्वाधिक गोल गर्दै आलन सेयर कीर्तिमानबाट २ गोलले मात्र पछि छन्। सेयरले १९९३–९४मा ३४ गोल गरेका थिए।

पहिलो हाफमै ३–०ले पछि परेको लेस्टर दोस्रो हाफमा उत्कृष्ट खेल खेलेको थियो। इन्हाचोले ७५औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे, तर त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।

SHARE: