इर्लिङ हालान्डले कीर्तिमानी गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमो हालान्डले २ गोल गरेपछि सिटीले लिड्समाथि ३–२ जित निकाल्यो।
उसका लागि हलान्डसँगै रोड्रीले गोल गरे। लिड्सका पास्कल स्ट्रज्कले गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। ५१औं मिनेटमा हालान्डले गोलमा सिटीले अग्रता दोब्बर बनायो। ६४औं मिनेटमा हालान्डले नै गोल गरेपछि सिटी ३–०को अवस्थामा आयो। उनले दुवै गोल ज्याक ग्रेलिसको पासमा गरेका थिए।
यो दुई गोलसँगै हालान्डले प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाए । यो सिजन लिगमा २० गोल गरेका प्रिमियर लिग सर्वाधिक छिटो २० गोल गर्ने खेलाडी बनेका छन्। उनले १४ खेलमा यो उपलब्धि भेट्टाएका हुन्।
७३औं मिनेटमा स्ट्रज्कले गोल गर्दैै लिड्सलाई खेलमा फर्काउने प्रायस गरे। तर, त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।
यो जितसँगै सिटीले शीर्ष स्थानमा आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ। आर्सनल ४० अंकमा शीर्ष स्थानमा छ भने सिटीको ३५ अंक भएको छ, र उ दोस्रो स्थानमा छ । त्यसपछि न्युकाल युनाइटेड ३३ अंकमा तेस्रो स्थानमा रहँदा लिड्स भने १५ अंकसहित १५औं स्थानमा छ।