ब्राइटनसँग हार्‍यो म्यान्चेस्टर सिटी

च्याम्पियन बनिसेको म्यान्चेस्टर सिटी पराजित भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा समीति सिटी ब्राइटनसँग ३–२ले पराजित भएको हो।

खेलमा २–०को अग्रता जोगाउन नसक्दा सिटी पराजित भयो । सिटीका लागि फिल फोडेन र इल्के गुन्डोगानले गोल गरेका थिए । ब्राइटनका लियोनार्दो ट्रोसार्ड, एडम वेबस्टर र डाद ब्रुनले गोल गरेका थिए।

खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दशौँ मिनेटमा जोआ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । ड्यानी वेलब्याकलाई लडाएपछि उनले सिधै रातो कार्ड पाएका थिए।

दोस्रो हाफका सुरुवातमै सिटीले अग्रता दोब्बर बनायो । ४८ औं मिनेटमा फिल फोडेनले गोल गरेका थिए ।

तर, ५० औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई २–१ को स्थितिमा ल्याए। ७२ औं मिनेटमा एडम वेब्स्टरले गोल गरेपछि खेल २(२ को बराबरीमा पुग्यो । ७६ औं मिनेटमा डानिल बुर्नले गोलगरेपछि ब्राइटनले सिटीलाई ३–२ ले हरायो ।

जितसँगै ३७ खेलमा ४१ अंक जोडेको ब्राइटन १५ औं स्थानमा छ । सिटीले ३७ खेलमा ८३ अंकका साथ शीर्ष स्थानमा छ।