चेल्सीमाथि सिटीको सानदार जित

Read Time:1 Minute

एफ कपको तेस्रो चरणमा म्यानचेस्टर सिटी विजयी भएको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीमाथि ४–०को सानदार जित निकाल्यो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा रियाद महारेजले २ गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले पनि गोल गरे।

२३ औं मिनेटमा सिटीले अग्रता लियो। रियाद महरेजले फ्रि किकमा उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि नै अल्भारेजले सिटीको अग्रता दोब्बर बनाए । उनले ३०औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

३८औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लियो । ८५औं मिनेटमा महरेजले गोल गरेपछि सिटी ४–०ले विजयी भयो । उनले पेनाल्टीमा गोल गरेका थिए।

अब सिटीले चौथो चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडमध्ये एकको सामना गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post केटीएम सिटीको आउटलेट बौद्धमा पनि
Next post पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता, जित्यो झण्डै ४ करोड
Close