°
, June 4, 2023 in

दुई पटकको अग्रता जोगाउन नसक्दा सिटीले लिभरपुलसँग बाँड्यो अंक

SHARE:

ंइंग्लिस प्रियिमर लिगको अघोषित फाइनलका रुपमा रहेको म्यानचेष्टर सिटी र लिभरपुलबीचको गोल बराबरीमा सकिएको छ। शनिबार इतिहादमा भएको उपाधि होडका दुई टिमबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

लिभरपुलविरुद्ध २ पटकको अग्रता जोगाउन नसक्दा सिटीले स्पष्ट ४ अंकको अग्रता बनाउने अवसर गुमायो। खेलमा सिटीका केभिन डे ब्रुयन र ग्याब्रियल जेसुसले गोल गर्दा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे।

खेलको पाँचौं मिनेटमै केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए।

१३औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो । जोटाले ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । ३६औं मिनेटमा खेलमा सिटीले पुनः अग्रता लियो। जेसुसले जोआ क्यान्सेलको पासमा गोल गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै लिभरपुलले खेललाई पुनः बराबरीमा ल्यायो । यो पटक मोहम्मद सलाहको पासमा मानेले गोल गरेका थिए । ६३औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गरेपनि भिएआरले अफसाइट देखाएको थियो। त्यसपछि गोल नहुँदा खेला २–२ गोलकै बराबरीमा सकियो।

खेलमा सिटीले ५६ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गर्दा ५ सट फ्रेमा थियो भने लिभरपुलले ६ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो ।

३१ खेलमा ६४ अंकसहित सिटी शीर्ष स्थानमै रहँदा ६३ अंकसहित दोस्रो स्थानमा छ।

यस बराबरीले लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ । सिटी र लिभरपुलबीच जम्मा एक अंकको मात्र अन्तर छ । ३१ खेलपटि सिटीको ७४ अंक र लिभरपुलको ७३ अंक छ ।

SHARE: