°
, June 1, 2023 in

महारेज चम्किँदा टोटनहममाथि सिटीको उत्कृष्ट पुनरामगन जित

SHARE:

स्ट्राइकर रियाद महारेजले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। बिहीबार राति घरेलु मैदानम भएको खेलमा महारेज चम्किएपछि सिटीले टोटनहममाथि २ गोलले पछि परेको अवस्था उल्टाउँदै ४–२को सानदार जित निकाल्यो।

खेलमा सिटीका लागि महारेजले २ तथा इर्लिङ हालान्ड र जुलियन अल्भारेजले समान १ गोल गरे । टोटनहमका डेजन कुलुसेवेस्की र इमर्सन रोयालले गोल गरेका थिए।

बराबरीतर्फ उन्मूख पहिलो हाफको अन्त्यतिर २ गोल गर्दै टोटनहमले अप्रत्यासित रुपमा २–०को अग्रता लिएको थियो । ४४औं मिनेटमा कुलुसेवेस्कीले गोलकिपर इडर्सनको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। इन्जुरी समयमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा पछि परेको सिटी दोस्रो हाफमा खेलमा फर्कियो । ५१औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए। ५३ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटीले खेललाई २–२ को बराबरीमा ल्यायो।

खेलको ६० औं मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटीले खेलमा अग्रता लियो। त्यसपछि खेलको ९० औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–२ को जित दिलाए।

यो जितसँगै सिटीले १९ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानको आर्सनलसँग अंक दुरी छोट्याएको छ। यस्तै पराजित टोटेनहम २० खेलबाट ३३ अंक जोडेर पाँचौं स्थानमा कामयै छ। चौथो स्थानमा रहेको न्युक्यासलको १९ खेलबाट ३८ अंक छ। समान खेलबाट ३९ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा छ।

SHARE: