°
, June 7, 2023 in
0

डे ब्रुयनले बने पीएफए वर्ष खेलाडी

SHARE:

म्याचेष्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयन इंग्ल्यान्डको वर्ष खेलाडी घोषित भएका छन् । मंगलबार डे ब्रुयनले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेका हुन् ।

वर्ष खेलाडी बन्ने क्रममा डे ब्रुयनले सिटीकै रहिम स्टर्लिङ, च्याम्पियन लिभरपुलका भर्जिल भान डाइक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, साडियो माने, जोडर्नन हेन्डरसनलाई पछि पारे ।

पिएफएको वर्ष खेलाडी अवार्ड जित्ने डे ब्रुयन म्यान्चेस्टर सिटीका पहिलो खेलाडी हुन् । यस्तै, यो अवार्ड जित्ने डे उनी इडेन हाजार्डपछि दोस्रो बेल्जियन खेलाडी हुन् ।

वर्ष खेलाडी बनेपछि डे ब्रुयनले अवार्ड जित्नमा प्रशिक्षक पेप ग्वार्डिओलाको अहम भूमिका रहेको बताए । उनले सहयोग गर्ने प्रशिक्षक ग्वार्डिओलालाई धन्यवाद समेत दिएका छन् ।

‘ग्वार्डिओलाकै कारण यो सम्भव भएको हो । उनले मलाई पर्याप्त स्वतन्त्रता दिएका छन्, त्यसै यो उपलब्धि सम्भव भएको हो,’ ग्वार्डिओलाको प्रशंसा गर्दै डे ब्रुयनले भनेका छन्, ‘उनले मलाई चिनेका छन्, र, म टिमको महत्वपूर्ण हिस्सा बनिरहेको छु । म सधै टिमलाई पहिलो प्राथमिकतामा राख्छु ।’

‘आफ्ना सहकर्मीको भोट, अन्य प्रतिद्वन्द्वी टिमका खेलाडी, सर्वोकृष्ट खेलाडीको रुपमा मलाई भोट गर्नुभयो सबैलाई धन्यवाद !’, डे ब्रुयनले भने, ‘यो मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो । अरुले भोट गरेर उत्कृष्ट खेलाडी एकदमै ठूलो सम्मान हो ।’

अघिल्लो सिजन डे ब्रुयनले १३ गोल गर्नुका साथै २० असिस्ट गरेका थिए । यो इपिएलमा कुनै पनि खेलाडीले गरेको कीर्तिमानी असिस्ट हो । अघिल्लो सिजन यो अवार्ड लिभरपुलका भान डाइकले जितेका थिए । लगातार तेस्रो सिजन पिएफए वर्ष खेलाडी अवार्ड इपिएलमा दोस्रो हुने टिका खेलाडी पाए । यसअघि लिभरपुलका भान डाइक र मोहम्मद सलाहले जितेका थिए ।

यसैगरी चेल्सीकी बेथ इङ्ल्याण्डले महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् । उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन मद्दत गरेकी थिइन् । यस्तै, लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले युवा वर्ष पुरुष खेलाडी बने भने म्यान्चेष्टर युनाइटेडका मार्कुस रासफोर्डले पीएफए मेरिट अवार्ड हात पारे ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *