°
, June 7, 2023 in
क्लब फुटबलफुटबलसमाचार

सिटीलाई शीर्ष स्थानमा ४ अंकका अग्रता

SHARE:

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा ४ अंकको अग्रता बनाएको छ। शनिबार राति लिड्स युनाइटेडलाई २–१ ले हराएसँगै सिटीले शीर्ष स्थानमा स्पष्ट ४ अंकको अग्रता बनाएको ेहो।

लगातार दशौं जितसँगै सिटीले ३४ खेलबाट ८२ अंक जोडेको छ। दोस्रो स्थानको आर्सनलको ७८ अंक छ।

सिटीको जितमा दुवै गोल कप्तान गुन्डोगानले गरे। उनले खेलको १९ र २७औं मिनेटमा गोल गरेका थिए। लिड्सका लागि ८५ मिनेटमा रोड्रिगोले गोल फर्काएका थिए।

यो सिजन युरोपियन च्याम्पियन्स लिगको उपाधि यात्रामा पनि रहेको सिटीले आगामी मंगलबार राति स्पेनिस क्लब रियल म्याड्रिडसँग सेमिफाइनलको पहिलो लेग खेल्दैछ। खेल म्याड्रिडको मैदानमा हुनेछ।

SHARE: