प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब मिडल्सबर्गसँग पेनाल्टी सुटआउटमा ८–७ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।
निर्धारित समय र थप गरिएको समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा मिडल्सबर्ग भाग्यमानी ठहरियो।
पेनाल्टीमा युनाइटेडका ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमीने, फ्रेड र जुआन माटाले गोल गर्दा एन्थोनी इलंगा गोल गर्न चुके । मिडल्सबर्गका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरे ।
खेलको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । तर, ६४ औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सबर्गलाई १–१ को बराबरीमा ल्याएका थिए ।