प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड एफए कपमा विजयी भएको छ। शनिबार राति भएको खेलमा ब्राजिलियन मिडफिल्डर कासिमिरो चम्किएपछि युनाइटेडले रिडिङमाथि ३–को जित निकाल्यो ।
युनाइटेको जितमा कासिमिरोले २ गोल गर्दा अर्को गोल फ्रेडले गरे। यस्तै, रिडिङका अमडौ सलिफ मबैंगुले गोल गरेका थिए।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा युनाइटेडले १३ मिनेटभित्र ३ गोल गर्दै खेललाई पूर्णरुपमा आफ्नो पक्षमा पारेको थियो । जसमा कासेमिरोले ५५औं र ५८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–०को अग्रता दिलाए। उनले पहिलो गोल एन्टोनी र दोस्रो गोल फ्रेडको असिस्टमा गरेका थिए।
६५औं मिनेटमा रिसङका एन्डी क्यारोल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रिडिङ दबाबमा परेको थियो। ६८औं मिनेटमा फ्रेडले कप्तान ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई ३–०को अवस्थामा ल्याए।
७२औं मिनेटमा मबैंगुलले गोल गर्दै रिडिङलाई खेलमा फर्काउने प्रयास गरे, तर थप गोल हुन नसक्दा युनाइटेड विययी भयो।
यस्तै, अर्को खेलमा टोटनहम विजयी भएको छ। उसले प्रेस्टोनमाथि ३–०को जित निकाल्यो । टोटहमका लागि सन ह्युङ मिनले २ तथा अर्नउत डेन्जुमाले पनि गोल गरे। अघिल्लो सातामात्र लोनमा टोटनहमका आएका डेन्जुमा डेब्यू खेलमै गोल गर्न सफल रहे।
यस्तै, लेस्टर सिटी र लिड्स युनाइटेड पनि जित निकाल्दै एफए कपको पाँचौं चरणमा प्रवेश गरेका छन्।