°
, May 29, 2023 in

म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो

SHARE:

म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा नटिङहम फरेस्टलाई २–०ले हराउँदै युनाइटेड तेस्रो स्थानमा उक्लिएको हो।

नटिङलाई उसैको मैदानमा पराजित गर्न युनाइटेडका लागि एन्टोनीले एक गोल र एक असिस्ट गरे । एन्टोनीले ३२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनकै पासमा डिएगो डालोटले ७६औं मिनेटमा गोल गरे ।

यस जितपछि युनाइटेड तेस्रो स्थानमा उक्लेको छ र न्युकासल युनाइटेडमाथि तीन अंकको अग्रता समेत बनाएको छ । अघिल्लो दिन न्युकासल एस्टन भिल्लासँग पराजित भएको भयो ।

जितपछि युनाइटेडको ३० खेलबाट ५९ अंक भएको छ । नटिङहम फरेस्ट ३१ खेलबाट२७ अकसहित १८औं स्थानमा छ ।

SHARE: