°
, May 30, 2023 in
0

आर्सनल र युनाइटेड युरोपा लिगको सेमिफाइनलमा, आर्सनले भियारियल तथा युनाइटेडले रोमासँग खेल्ने

SHARE:

इंग्लिस क्लबद्वय आर्सनल र म्यानचेष्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा आर्सनलले स्लाभिया प्रागलाई ४–०ले हरायो भने युनाइटेडले ग्रानडालाई २–०ले हरायो।

आर्सनलले चेक क्लब स्लाभियामाथि समग्रमा ५–१ले हरायो भने युनाइटेडले ४–०ले हरायो । आर्सनल पहिलो लेगमा १–१ गोलको बराबरीमा रोएिको थियो भने युनाइटेड २–०ले नै विजयी भएको थियो।

आर्सनललाई जित दिलाउन एलेक्स्जेन्डर लाकाजेट २ तथा निकालस पेपे र बोकायो साकाले एक–एक गोल गरे । आर्सनलले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गरेको थियो।

पेपेले १८औं गोलमा आर्सनललाई सुरुआती अग्रता दिलाए । २१औं लाकाजेट र २४औं मिनेटमा साकाले गोल गरेपछि आर्सनलले सुरुआतमै ३–०को अग्रता लियो । पहिलो हाफ ३–०मै सकियो। ७७औं मिनेटमा लाकाजेटले नै गोल गरेपछि आर्सनलले ४–०को सहज जित निकाल्यो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी भएको हो।

यसैगरी रोमा र भियारियल पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । रोमाले आयाक्सलाई समग्रमा ३–२ले हरायो भने भियारियलले डाइनामो जाग्रेबलाई ३–१ले हरायो । बिहीबार राति नै दोस्रो लेगमा रोमा र आयाक्सले १–१ गोलको बराबरी खेले भियायिलले डाइनामो जाग्रेबलाई २–१ले हरायो।

अब सेमिफाइलनमा युनाइटेडले रोमासँग खेल्नेछ भने आर्सनलले भियारियलको सामाना गर्ने छ।

अब आर्सनलले सेमिफाइनलमा स्पानिस क्लब भियारियलसँग खेल्नेछ । भारियलाले डिनामो जेग्रेबलाई दोस्रो लेगेमा २(१ ले हराउँदै समग्रमा ३(१ को जित हात पारेको हो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *