°
, June 7, 2023 in

पुछारको बर्नलीसँग रोकियो युनाइटेड, न्युकासलसँग एभर्टन पराजित

SHARE:

म्यान्चेस्टर युनाइटेडले आफ्नो खराब प्रदर्शन कायमै राखेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाइटेड बर्नलीसँग १–१ गोलको बराबरीमा रोकियो।

खेलमा सुरुआती अग्रता युनाइटेडले लियो । लामो समयपछि मैदान फर्किएका पालउ पोग्बाले १८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि १२औं राफेल भरानेले गोल पछि भारले सो गोललाई मान्यता दिएन ।

पहिलो हाफमा १ गोलले पछि परेपछि दोस्रो हाफका सुरुआतमै बर्नलीले बराबरी गोल फर्कायो । ४७औं मिनेटमा जे रोड्रिगेजले बराबरी गोल फर्काएका थिए ।

मंगलबार राति नै भएका अन्य खेलमा न्युकासलले एभर्टनमाथि ३–१को जित निकाल्यो । फ्रांक लाम्पाटले हारबाट एर्भटनमा प्रशिक्षण करिअर सुरु गरेका छन् । यस्तै, वेस्टह्यामले वाट्फोर्डमाथि १–०को जित निकाल्यो।

बराबरीपछि युनाइटेड ३९ अंकका साथ पाँचौं स्थानमा छ। बर्नली १४ अंकका साथ पुछारमा छ ।

SHARE: