फ्रेडको गोलमा युनाइटेड विजयी, टोटनहमले नर्विचलाई हरायो

Read Time:1 Minute

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा ब्राजिलियन मिडफिल्डर फ्रेडको निर्णायक गोल मद्दतमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले हरायो।

ओल्डट्राफोर्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७७औं मिनेटमा मासोन ग्रीनउडको पासमा पे्रmडले उत्कृष्ट टिमलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा युनाइटेड विजयी भयो।

युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको जितबाट प्रशिक्षण यात्रा सुरु गरेका छन् । उनलाई युनाइटेडले ६ महिनाका लागि अन्तरिम प्रशिक्षका रुपमा नियुक्त गरेको हो।

यसैगरी आइतबार राति नै भएको अर्को खेमा टोटनहम विजयी भएको छ। लुकास माउरा, डेभिड्सन सान्चेज र सन ह्युङ मिनले गोल गरेपछि टोटनहमले नर्विच सिटीमाथि ३–०को जित निकाल्यो ।

जितपछि १५ खेलबाट २४ अंक जोड्दै युनाइटेड छैटौं स्थानमा उक्लेको भनृ क्रिस्टल प्यालेस १६ अंकसहित १२औं स्थानमा छ । यस्तै, १५ खेलबाट २५ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा हरँदा १० अंक मात्र रहेको नर्विच पुछारमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय टिमका ६ खेलाडी समेट्दै यू १९ महिला टिमको घोषणा
Next post एस्टन भिल्लाले लेस्टर सिटीलाई हरायो
Close