°
, June 4, 2023 in

म्यान्चेस्टर डर्बीमा युनाइटेडको जित, उपाधि होडमा फर्कियो

SHARE:

म्यान्चेस्ट डर्बीमा युनाइटेड विजयी भएको छ । शनिबार ओल्ड ट्राफोर्डमा भएको डर्बी भीडन्तमा युनाइटेडले सिटीमाथि २–१को पुनरागमन जित निकाल्यो।

यो डर्बी जितसँगै युनाइटेड प्रिमियर लिगको उपाधि होडमा फर्किएको छ। तेस्रो स्थानमा रहेको युनाइटेड शीर्ष स्थानको आर्सनलभन्दा ६ अंकले मात्र पछि छ।

आर्सनलेका १७ खेलमा ४४ अंक छ भने युनाइटेडको १८ खेलमा ३८ छ। दोस्रो स्थानमा रहेको सिटीको ३९ अंक छ।

सिटीमाथि युनाइटेडलाई जित दिलाउन मार्कस रास्फोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे। यता, सिटीका ज्याक ग्रेलिसले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६०औं मिनेटमा ग्रेलिसको गोलमा सिटीले अग्रता लियो । उनले केभिन डे ब्रुयनको पासमा हेडिङमार्फत गोल गरेका थिए।

त्यसपछि ४ मिनेट अन्तरमा २ गोल गर्दै युनाइटेडले म्यान्चेस्टर डर्बीमा जित निकाल्यो । ७८औं मिनेट फर्नान्डेसले कासेमिरोको पासमा गोल गरेका थिए। यस्तै, ८२औं मिनेटमा अलेजान्द्रो गर्नाचोलेको पासमा रास्फोर्डले ट्यापइनमा गोल गर्दै युनाइटेडलाई जित दिलाए।

SHARE: