लिड्ससँग रोकियो युनाइटेड

Read Time:1 Minute

इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा युनाइटेड लिड्ससँग २–२ को बराबरीमा रोकिएको हो।

खेलमा २ गोलले पछि परेको अवस्थामा युनायटेडले बराबरी खेलेको हो । ‌ओल्ड ट्राफोर्डमा पहिलो मिनेटमै विलफ्रड जिनोन्टोले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमा लिड्सले अग्रता दोब्बर बनायो । युनाइटेडका राफायल भरानले आत्मघाती गोल गरेका थिए।

६२औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गर्दै गोल युनाइटेडलाई खेलमा फर्काए। ७०औं मिनेटमा सान्चो गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

बराबरीपछि तेस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४३ अंक छ । लिड्स २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बुटवलमा राष्ट्रिय खुला लन टेनिस हुने
Next post इजिप्टको क्लबमाथि सनदार जित निकाल्दै रियल क्लब विश्वकपको फाइनलमा
Close