२ साताको इन्टरनेशनल ब्रेकपछि सुरु भएको इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। शनिबार राथि भएको खेलमा युनाइटेड लेस्टर सिटीसँग ४–२ले पराजित भयो।
लेस्टरको मैदानमा अग्रता भने युनाइटेडे लिएको थियो । नवौं मिनटमा मानस ग्रीनउडले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ३१औं मिनेटमा युरी टिलेमन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १–१को बराबरीमा सकिएका खेलमा ७८औं मिनेटमा काग्लर सोयुन्सुले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। ८२औं मार्कस रास्फोर्डले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।
तर, खेल बराबरीमा आएको १ मिनेट नबित्तै लेस्टरले पुनः अग्रता लियो । ८३औं मिनेटमा जिमी भार्डीले गोल गरे । यस्तै, इन्जुरी समयमा पोस्टन डाकाले गोल गर्दै लस्टरलाई ४–२को सानदार जित दिलाए।
यता, अर्को खेलका नवप्रवेशी क्लब ब्रेन्टफोर्डमाथि जित निकाल्दै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ। बेन चिलवालले पहिलो हाफको अन्तिम मिनेटमा गरेको निर्णायक गोल मद्दतमा चेल्सीले १–०ले विजयी भयो। ८ खेलमा १९ अंक जोड्दै चेल्सी शीर्ष स्थानमा छ।
शनिबार राति नै भएका अन्य खेलमा म्यान्चेस्टर सिटीले बर्नलीलाई २–०ले हराउँदा वुल्भ्सले एस्टनभिल्लामाथि ३–२को जित निकाल्यो ।