कोडी गाप्को, डारविन नुनेज र मोहमद सलाहको दुई–दुई गोलको मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई ७–० ले हराएको छ र यससँगै नयाँ इतिहास रचेको छ।
योर्गन क्लोपको टिमले इंग्लिस फुटबलका दुई सफल क्लबबीचको खेलमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको हो।
उसले खराब सिजनलाई अन्त्यमा सच्याउने संकेत पनि दिएको छ । युनाइटेडका लागि भने यो क्लब इतिहासकै सबैभन्दा खराब हार रह्यो । त्यस अगाडि युनाइटेड सन् १९३१ मा उल्भ्ससँग ७–० ले पराजित भएको थियो । यो जितपछि लिभरपुलले शीर्ष चार स्थानबीचको दुरीलाई तीन अंकमा छोट्याउन पनि सफल रह्यो ।
सलाह पनि लिरभपुलका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् । उनले प्रिमियर लिगमा लिभरपुलका लागि गरेको गोल संख्या १२९ पुगेको छ। आइतबारको अर्को खेलमा नटिङघम फरेस्ट र एभरटनले २–२ को बराबरी खेले ।